पछिल्लो २४ घण्टामा १ हजार ३ सय १६ नमुना परीक्षण


२८ वैशाख, काठमाडौं । देशभर अहिलेसम्म ७३ हजार ५ सय ५५ जनाको कोरोना भाइरसको परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलन मार्फत दिएको जानकारी अनुसार आरडीटी र पीसीआर दुबै मार्फत ७३ हजार ५ सय ५५ जनाको परिक्षण गरिएको हो ।

त्यस्तै प्रवक्ता डा. देवकोटाका अनुसार देशभर १६ हजार ८ सय ९८ पीसीआर परीक्षण गरिएको छ । भने ५६ हजार ६ सय ५७ आरडीटि परीक्षण गरिएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ३ सय १६ नमुना परीक्षण गरिएको छ । देशभर क्वारेन्टाइनमा रहेकाको संख्या १३ हजार ६ सय २५ रहेको छ भने आइसोलेसनमा हुनेको संख्या १ सय ६४ रहेको छ । जसमा उपत्यकामा ३ र उपत्यका बाहिर १ सय ६१ जना रहेको प्रवक्ता देवकोटाले बताए ।

त्यस्तैगरी आइतबारसम्म देशभर संक्रमितको संख्या ११० पुगेको छ । जसमा पुरुष ७८र महिला ३२ जना रहेका छन् । नेपालमा पहिलो पटक गत माघ १० गते चीनबाट फर्किएका ३२ वर्षिय नेपाली नागरिकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । अहिलेसम्म कोरोना संक्रमणबाट निको भएर घर फर्किनेको संख्या ३१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार