दिवेश पोखरेल अमेरिकन आइडलको टप ७ मा


२९ बैशाख, काठमाडौं । नेपाली युवा दिवेश पोखरेल अमेरिकाको बहुचर्चित गायन रियालिटी शो अमेरिकन आइडलको टप ७ मा पुग्न सफल भएका छन् ।

भोटिङका आधारमा भइरहेको प्रतिस्पर्धामा दिवेशले टप ७ मा स्थान बनाएका हुन् । टप ७ मा पुगेसँगै उनले आज दिएको प्रस्तुतिपछि फाइनलका लागि भोटिङ भइरहेको छ । उनी अब फाइनलमा पुग्न एक खुड्किला मात्रै बाँकी छ ।

फाइनल अर्को साता १७ मेमा हुनेछ ।

आजको एपिसोडमा उनले सामुयल इ राइटको ‘किस द गर्ल’ बोलको गीत मेलोडियस स्वरमा गाए । आज पनि उनले निर्णायकहरुको तारिफ बटुलेका छन् ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार