चीनबाट मेडिकल सामग्री अनुदानमा उपलब्ध


२९ बैशाख, काठमाडौं । पूर्वप्रतिवद्धता अनुसार चीन सरकारले नेपाललाई कोभिड–१९ रोकथाम, नियन्त्रण सम्बन्धी मेडिकल सामग्री अनुदानमा उपलब्ध गराएको छ ।

सोमबार स्वास्थ्य मन्त्रालयमा नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई उक्त मेडिकल सामग्री हस्तान्तरण गरिन । यान्छीले कोरोना परीक्षणका लागि ४० हजार पीसीआर किट हस्तान्तरण गरिन । त्यस्तै २० हजार एन ९५ मास्क, ८ लाख सर्जिकल मास्क, १० हजार थान मेडिकल चस्मा लगायतका मेडिकल सामग्री हस्तान्तरण गरेकि हुन । यी सामान गएको शुक्रबार र शनिबार गरी काठमाण्डौ ल्याइएको थियो । कार्यक्रममा स्वास्थ्यमन्त्री ढकालले कोरोना संक्रमणसंग लड्न चीनले दिएको सामाग्री प्रभावित क्षेत्रमा पठाइने बताए । चीन सरकारको सहयोगप्रति आभार प्रकट गर्दै उनले नेपाल चीन सम्बन्ध ऐतिहासिक रहेको बपनि बताए ।

राजदूत यान्छीले यो सामग्रीको चीन नेपाल सोलिडारिटीको समन्वयमा उपलब्धता सम्भव भएको आफूहरुले बाचा मात्रै नगरेर काम पनि गरेर देखाउने बताइन । उनले कोभिड–१९ को संक्रमणविरुद्ध दुवै देश र जनता एकवद्ध भइ अगाडि बढ्नुपर्ने जरुरी समेत रहेको बताइन ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार