कृषि र सुरक्षालाई प्राथमिकता दिएर बजेट निर्माण गर्न रावलकाे सुझाव


३० वैशाख, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीमबहादुर रावलले कृषि उत्पादन र सुरक्षालाई प्राथमिकता दिएर बजेट निर्माण गर्न सुझाव दिएका छन ।

आव २०७७÷७८ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा प्रतिनिधिसभा जारी छलफलमा भाग लिँदै उनले ‘कोरोनाका कारण रोजगारी गुमाएर ठूलो सङ्ख्यामा नेपाली स्वदेश फर्कने क्रममा रहेकाले उनीहरुलाई कृषिमा संलग्न गराउन नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने बताए ।

भारतले लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्रको अतिक्रमण गरेको छ, यस विषयमा संसद् र संसदीय समितिबाट पटक–पटक सरकारको ध्यानाकर्षण गराएको तर अहिलेसम्म सार्थक पाइला नचालिएको भन्दै देश सुरक्षित नभइ जनता सुरक्षित नहुने तर्क गरे ।

राष्ट्रिय सुरक्षालाई सुदृढ तुल्याउन सिमानामा आवश्यक सुरक्षा फौज खटाउनुपर्ने भएकाले सुरक्षाकर्मीलाई बस्ने, खाने उचित प्रबन्ध बजेटमा गरिनुपर्ने उनको भनाई छ ।

छलफला माग लिदै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अघिल्लो सरकारको योगदानका कारण मुलुकले लगातार तीन वर्ष छ प्रतिशतभन्दा बढी उच्च आर्थिक वृद्धिदर हासिल भएको दाबी गरे ।

राष्ट्रिय जनता पार्टीका नेता अनिलकुमार झाले नीति र प्राथमिकता अर्थमन्त्रीले बाचन गर्दा समय सान्दर्भिक र कर्णप्रिय लागे पनि यही सिद्धान्तमा आए कार्यान्वयनमा चुनौती आउन सक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार