भक्तपुरमा भेटिएका एकजना संक्रमित सशस्त्र प्रहरी


३१ वैशाख, काठमाडौं ।  भक्तपुरमा भेटिएका दुई जना कोरोना संक्रमितमध्ये एकजना सशस्त्र प्रहरी रहेको खुलेको छ ।

भक्तपुरमा २५ वर्षीया महिला र २७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार कोरोना संक्रमित २७ वर्षीय पुरुष भक्तपुरको चाँगुनारायण नगरपालिका १ दुवाकोटस्थित घरमा बस्दै आएका थिए । उनी नेकपा नेता भीम रावल गृहमन्त्री हुँदादेखि नै सुरक्षा टोलीका सदस्य रहेको बताइएको छ ।

तर उनी एक महिनादेखि रावलसँग थिएनन् ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार