बोल्न नदिएको भन्दै सांसदहरुले गरे विरोध


३१ वैशाख, काठमाडौं । प्रतिनिधिसभा बैठकमा बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा बोल्न नदिएको भन्दै सांसदहरुले विरोध जनाएका छन् ।

बुधबारको बैठकमा सभामुख अग्नि सापकोटाले बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफल सकिएको जानकारी गराउने वित्तिकै केही सांसदहरुले उठेर विरोध गरेका थिए ।

त्यसपछि सभामुख सापकोटाले दलीय आधारमा आएको नामका आधारमा बोल्न दिएको भन्दै उठेर विरोध गर्ने सांसदहरुलाई बस्न आग्रह गरेका थिए । उनले यस बिषयमा दलमा सम्पर्क गर्न सुझाव दिएका थिए । तर सांसदहरुले भने बोल्न पाउनुपर्ने भन्दै उठेर विरोध गरिरहे ।

सांसदहरुको विरोधका कारण संसदमा होहल्ला भएको थियो । केहि मिनेटको विवादपछि सभामुख सापकोटाले सदनको कारवाही अघि बढाएका थिए ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार