भारतबाट आएका थिए नवलपुरका कोरोना संक्रमित


१ जेठ, काठमाडौं । चितवनको भरतपुरस्थित प्रयोगशालामा परीक्षण गर्दा बिहीबार नवलपुरको देवचुली नगरपालिका-१२ का ४९ वर्षीय पुरुषमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

ती व्यक्ति गएको ३० वैशाख (मंगलबार) राति भारतको कोलकाताबाट रक्सौल हुँदै नेपाल आएको पाइएको छ ।

अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार ति पुरुष भारतबाट आएपछि स्वास्थ्य परीक्षणका लागि सोझै भरतपुर अस्पताल आएको थिए ।

बुधबार उनको कोरोना परीक्षण गर्दा आज पोजेटिभ रिपोर्ट आएको हो।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार