फ्रान्समा कोरोना संक्रमित र मृतकको संख्या घट्दै


१ जेठ, एजेन्सी । फ्रान्समा कोरोना भाइरसको संक्रमितहरुको संख्या घट्दै गएको देखिएको छ ।

यहाँका अधिकारीहरुले यसलाई नियन्त्रणउन्मुख भएको भनेका छन् । यहाँ पछिल्लो २४ घण्टामा जम्मा ८३ जनाको मात्र निधन भएको छ ।

यहाँ गएको दुई दिन देखि लगातार रुपमा मृतकको संख्या घटेको हो ।

गत मंगलबार ३४८ जनाको ज्यान गएको थियो । तर त्यसपछि बुधकार र बिहीबार पनि यो संख्यामा कमी आएको छ ।

यो अवस्थालाई फ्रान्सका अधिकारीहरुले खुशीको खबर भनेका छन् । उनीहरुले पछिल्लो समयमा फ्रान्समा जारी रहेको कडा लकडाउनका कारण यहाँको अवस्थामा सुधार हुन लागेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार