कांग्रेसले गठन गर्‍यो विशेष समिति-विनोद चौधरी संयोजक


२ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लगानी, पूर्वाधार र रोजगार : दृष्टिकोण एवं दिगो परियोजना’ नामको विशेष समिति गठन गरेको छ ।

गत वैशाख १७ मा सम्पन्न नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकले कोरोनाले देशको विभिन्न क्षेत्रमा परेको असर अध्ययन गरी देशका लागि आवश्यक कार्य गर्न विभिन्न समिति गठन गर्ने निर्णय गरे बमोजिम सभापति शेरबहादुर देउवाले ‘लगानी, पूर्वाधार र रोजगार : दृष्टिकोण एवं दिगो परियोजना विशेष समिति’ गठन गरेका हुन् ।

उद्योगपति विनोद चौधरीको संयोजकत्वमा १५ सदस्यीय समिति गठन गरेको हो।

विशेष समितिमा दीपक खड्का, उमेश श्रेष्ठ, ईन्द्र बानियाँ, टेकबहादुर गुरुङ, कर्मा घले, जिपछिरिङ लामा, छत्र गिरि, सूर्यबहादुर केसी, मोहन आचार्य, तेजुलाल चौधरी, अनिल रुङ्गटा, विष्णुबहादुर खड्का, पूर्णबहादुर तामाङ र खगेश्वर बोहरा सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार