भारतमा दुईवटा ट्रक ठोक्किँदा २४ मजदुरको मृत्यु


३ जेठ, काठमाडौं ।  भारतमा दुईवटा ट्रक ठोक्किँदा २४ मजदुरको मृत्यु भएकाे छ ।

भारत उत्तर प्रदेशको औरैया जिल्लामा दुईवटा ट्रक ठोक्किँदा २४ मजदुरको मृत्यु भएको हाे । दुर्घटनामा ३८ जना घाइते भएका छन् । तिमध्ये १५ जनाको अवस्था गम्भिर रहेको छ । घाइतेहरुको औरैयाका अस्पताल र सेफइ मेडिकल कलेजमा उपचार भइरहेको छ ।

लकडाउनकाबीच आज विहान साढे तीन बजे आफ्नो घर जाने प्रयासमा रहेका मजदुर दुर्घटनामा परेका हुन् ।

गहुँको पिठो बोकेको ट्रक राजमार्गमा रोकिएको अर्को ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनापछि धेरै मजदुरको बोराले थिचिएर मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले मृतकलाई राहत प्रदान गरिने घोषणा गरेका छन । उनले घटनाको छानविन गर्न पनि प्रहरीलाई निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार