प्रतिबन्ध फुकुवा गर्दै इटाली


३ जेठ, काठमाडौं ।  इटालीले कोरोना भाइरसका कारण लगाउँदै आएको यात्रा प्रतिबन्ध फुकुवा गर्ने भएको छ ।

निर्णय अनुसार अब इटालीका नागरिकलाई देशबाहिर जान र अन्य देशका नागरिकलाई इटाली आउन कुनै रोकतोक हुनेछैन्।

इटाली सरकारले जुन ३ देखि देशभित्र र बाहिर आवतजावत गर्न दिने एक निर्णयमा सहमति दिएको छ।

कोरोना भाइरसको महामारीका कारण सबैभन्दा बढी प्रभावित मध्ये एक इटालीमा पछिल्ला दिन संक्रमण दर तीव्र गतिमा घटेको छ ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार