नागढुंगा चिकित्सकलाई दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ


४ जेठ, काठमाडौं । उपत्यका प्रवेश गर्ने एक प्रमुख नाका नागढुंगामा खटिएका युवा स्वयंसेवी चिकित्सकलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेको छन् ।

पक्राउ पर्नेमा चन्द्रागिरि उत्तम कार्की छन् ।

कार्कीविरूद्ध अभद्र व्यवहारको मुद्दा दर्ता गर्ने तयारी भइरहेको छ।

शुक्रबार उक्त नाकाबाट काठमाडौं उपत्यका प्रवेश गर्न खोजेका प्रदेश-३ का जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण कार्कीको गाडीलाई रोकेर केही व्यक्तिले सोधपुछ गरेका थिए।

काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले उनलाई पक्राउ गरिएको पुष्टि गरेका छन् ।


निर्देशक कार्कीलाई दुर्व्यवहार गर्नेलाई कारबाही गर्न सामाजिक विकास मन्त्रालयकाे माग

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार