मोहन बैद्य नेतृत्वको पार्टीले उपनिर्वाचन बहिस्कार गर्ने


२६ साउन, काठमाडौं । मोहन बैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी ) ले आगामी मङ्सिर १४ गतेलाई तय भएको उपनिर्वाचन बहिस्कार गर्ने निर्णय गरेको छ । सो पार्टीको साउन २१ देखि २३ गतेसम्म बसेको पोलिटब्युरोको बैठकले उपनिर्वाचन बहिस्कार गर्ने निर्णय गरेको महासचिव मोहन वैद्य किरणले जानकारी दिए ।

आगामी मङ्सिर १४ गते प्रतिनिधिसभाको १, प्रदेशसभाका ३ र स्थानीय तह समेत जम्मा ३६ जिल्लाका ५० स्थानमा रिक्त भएका पदहरुको पूर्ति गर्न उपनिर्वाचन हुदैछ ।

‘सत्ता तथा व्यवस्था बदनाम हुँदै गएको वर्तमान अवस्थामा निर्वाचनको उपयोग गरेर भन्दा बहिस्कार गरेर संसदवादको भण्डाफोर गर्न उपयुक्त हुने भएकोले उक्त उपनिर्वाचनको सक्रिय बहिस्कार गर्ने निर्णय लिइएको छ,’ बैठकपछि महासचिव बैद्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार