कोरोना खोपकाे सुरुवाती नतिजा निकै उत्साहजनक भएको दावी


६ जेठ, काठमाडौं । अमेरिकाको जैविक प्राविधिक कम्पनी मोडर्नाले कोरोनाको खोप बनाउने आफ्नो प्रयासको सुरुवाती नतिजा निकै उत्साहजनक भएको दावी गरेको छ ।

अहिलेसम्म प्राप्त नजिताको आधारमा मानव परीक्षणका लागि यो खोप सुरक्षित प्रतित भइरहेको कम्पनीले जनाएको छ ।

न्युयोर्क टाइम्सको अनुसार मोडर्ना नामक कम्पनीले मानिसमा परीक्षण गरिने पहिलो कोरोना भाइरसको खोप सुरक्षित प्रतित भइरहेको जनाएको छ । खोपको सुरुवाती परीक्षण आशाजनक छ ।

पहिलाे परिक्षणमा आठ जनालाई दुई दुई मात्रा दिइएको थियो । कम्पनीले यो परीक्षण मार्च महिनाबाट सुरु गरेको थियो ।  खोपको दिइएकाे शरीरमा एन्टिबडी बनेको र त्यो एन्टिबडीलाई प्रयोगशालामा परीक्षण गर्दा त्यसले भाइरसको प्रतिरुप बन्नबाट रोक्न सक्षम देखिएको थियो ।

दोस्रो चरणकाे परीक्षणमा ६ सय जनालाई सहभागी गराइने छ र तेस्रो चरण जुलाईमा सुरु हुने छ, जसमा हजारौँ जनालाई समावेश गराइनेछ । 

अमेरिकामा औषधिलाई अनुमति दिने संस्था फुड एण्ड ड्रग एडमिनिस्ट्रेशन एफडीएले मोडर्ना कम्पनीलाई खोप परीक्षणको दोस्रो चरण अघि बढाउन अनुमति दिएको छ । 

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार