कोशी अस्पतालबाट आठजना डिस्चार्ज


७ जेठ, काठमाडौं । कोशी अस्पतालको कोभिड-१९ उपचार केन्द्रमा उपचार गराइरहेका कोरोना संक्रमितमध्ये थप आठजना निको भएका छन्‌। उनीहरूलाई बुधबार डिस्चार्ज गरिएको हो।

पाँचजना भारतीय नागरिक र तीनजना नेपाली नागरिक सहित आठजना निको भएर डिस्चार्ज गरिएको कोशी अस्पतालका मेडिसिन विभागका प्रमुख डा. दीपक सिग्देलले जानकारी दिए।

यससँगै केन्द्रबाट हालसम्म कोरोनामुक्त भएर घर फर्किनेको संख्या २६ पुगेको छ । त्यस्तै देशभर निको हुनेको संख्या ४५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार