मुलुकभरका क्वारेन्टीनको अवस्था सुधार्न प्रधानमन्त्रीकाे निर्देशन


७ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मुलुकभरका क्वारेन्टीनको अवस्था सुधार्न निर्देशन निर्देशन दिएका छन ।

काठमाडौंको छाउनीस्थित नेपाली सेनाको कार्यालयमा स्थापित कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) को बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशभरका क्वारेन्टीनको अवस्था राम्रो नरहेको सूचना आइरहेकाले सुधार्न निर्देशन दिएका हुन ।

बैठकमा जेठ २० मा लकडाउनको अवधि सकिएपछि सरकारले लिने कदम र रणनीति, विदेशबाट ल्याउनु पर्ने नागरिकको संख्या र व्यवस्थापनबारे प्रधानमन्त्री ओलीले चासो राखेको बताइएको छ ।

प्रधानमन्त्री ओलीले छाउनीस्थित कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)को निरिक्षण पनि गरेका छन ।

छाउनी पुगेका प्रधानमन्त्रीलाई कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक तथा उपप्रधानमन्त्री इश्वर पोखरेलले त्यहाँको गतिविधिका बारेमा जानकारी गराएका थिए । कोराना भाइरसको महामारी नियन्त्रण, रोकथाम तथा प्रतिकार्यका लागि सरकारले सङ्कट व्यवस्थापन केन्द्र स्थापना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार