नेपालको नयाँ राजनीतिक नक्सा स्वीकार्य छैन- भारत


७ जेठ, काठमाडौं । भातरले नेपालको नयाँ राजनीतिक नक्सा स्वीकार्य नहुने बताएको छ ।

नेपाल सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गरेपछि भारतले त्यसको विरोध गरेको हो ।

बुधबार नेपालले सार्वजनिक गरेको नयाँ नक्साका बारेमा प्रतिक्रिया दिँदै भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नेपालले एकतर्फी रुपमा भारती भूमि आफ्नो नयाँ नक्सा समेटेको आरोप लगाए ।

प्रवक्ता श्रीवास्तवले नेपाल–भारत सीमा विवाद कूटनीतिक वार्तामार्फत समाधान गर्ने द्विपक्षीय समझदारीभन्दा बाहिर गएर नेपालले कदम चालेको पनि बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार