संखुवासभाका पच्चीस पत्रकारको कोरोना बीमा


८ जेठ, काठमाडौं । पूर्व राज्यमन्त्री तथा कांग्रेस नेता दीपक खड्काले संखुवासभाका सक्रिय पत्रकारहरुको कोरोना वीमा गरिदिएका छन ।

उनले एक लाख रुपैयाँ भुक्तानी दावी सहितको कोरोना विमा गरिएका हुन ।

नेपाल पत्रकार महासंघले उपलव्ध गराएको क्रियासिल २५ जना पत्रकारको सूची अनुसार उनले कोरोना विमा गरिएकाे महासंघले जनाएको छ । महासंघका अध्यक्ष ईन्द्रकुमार गिरीले जिल्लाका ८ वटा रेडियो, अनलाईन, स्थानीय पत्रिका र राष्ट्रिय स्तरका संचार माध्यममा कार्यरत महासंघका २५ पत्रकारको उनले विमा गरिदिएका हुन ।

पूर्व राज्यमन्त्री खड्काले एक लाख रुपैया भुक्तानी दावी सहितको विमा गरिदिएकोमा महासंघले आभार व्यक्त गरेको छ । अग्रपंक्तिमा रहेर पत्रकारीता गरिरहेका २५ पत्रकारलाई कोरोना विमाले हौसला मिलेको अध्यक्ष गिरीले बताउनुभयो ।

खड्काले यसअघि पनि गृह जिल्लामा स्वास्थ्य सामाग्रि सहयाेग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार