राजेश हमाल भन्छन्,‘भारतले तथ्य र तथ्यांकलाई राम्रोसँग हेर्नुपर्छ ’


८ जेठ, काठमाडौं । नेपाली सिने जगतका महानायक राजेश हमाललले पनि लिम्पियाधुरा र कालापानीबारे आफ्नो धारणा फेसबुकमार्फत् राखेका छन् । उनले फेसबुक पेजमा अंग्रेजी भाषामा यसबारे धारणा सार्वजनिक गरेका हुन् ।

‘लिम्पियाधुरा र लिपुलेक नेपालको भूभाग हो। नेपालसँग यसको पूरा प्रमाण छ। हामी नेपाली विनम्रताका साथ अनुरोध गर्छौ कि भारतले तथ्य स्वीकार्नुपर्छ,’ उनले भनेका छन्, ‘भारतले तथ्य र तथ्यांकलाई राम्रोसँग हेर्नुपर्छ।’ 

हमालले भारतले सत्य र तथ्यलाई नमानेको आरोप पनि लगाएका छन्। उनले अहिलेका नेपाली युवाहरू शिक्षित, सचेत भएको र नेपालीले न्याय अन्याय छुट्याउन सक्ने पनि बताएका छन्। ‘पहिले हामी बोलेनौं तर अहिलेका युवाहरू निकै सचेत र शिक्षित भएका छन्,’ उनले भनेका छन्, ‘नेपालीले यतिबेला न्याय र अन्याय छुट्याउन सक्ने भएकाले भारतको विरोध भइरहेको छ।’

उनले भनेका छन ‘मलाई के अनुभूती भइरहेको छ भने, अहिलेको यो सीमा विवाद निकै लामो समयसम्म रहिरहनेछ । दुई छिमेकी राष्ट्र जसको मूल्य मान्यता समान छ, समान संस्कृती र परम्परा छ, उनीहरुबीचको यो ‘डेडलक’ ले दुई देशलाई मात्रै नभई यसले यो क्षेत्रमा अति आवश्यक विकास र शान्तिमा खलल पुर्याउँछ ।

My View on Limpiyadhura and Lipulekh..

Gepostet von Rajesh Hamal am Mittwoch, 20. Mai 2020


प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार