आफ्नै बुबाको हत्या गरेको आरोपमा दाजुभाई पक्राउ


८ जेठ, बिराटनगर। आफ्नै बुबाको हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय मोरङले २ दाजुभाईलाई पक्राउ गरेको छ ।

आफ्नै घर भित्र खाल्डोमा मृत फेला परेका मोरङको बिराटनगर महानगरपालिका-१४ झटियाहीका ६९ बर्षीय सत्यराम भनिने सिताराम चौहानका छोराहरु २९ बर्षीय रोहित चौहान र २६ बर्षीय नागेन्द्र चौहानले हत्या गरेको आशंकामा पक्राउ गरिएको थियो ।

पक्राउ परेका दुबै जनाले यही जेष्ठ ३ गते राती आफ्नै बृद्ध बुबालाई बादबिबाद हुँदा कोदालोले टाउकोमा प्रहार गरी हत्या गरेको र बुबा सुत्ने खाट मुनी खाल्डो खनेर शव गाडेको अनुसन्धानको क्रममा खुल्न आएको प्रहरी बताएकाे छ ।

पक्राउ परेका दुबै प्रतिवादीहरुलाई कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार