झापाको वडा कार्यालयमा बम विस्फोट


२७ साउन, झापा । अज्ञात समूहले झापाको बिर्तामोडस्थित वडा कार्यालयमा बम विस्फोट गराएको छ ।

बम विस्फोटबाट वडा कार्यालयको भवनमा क्षति पुगेको छ ।

बिर्तामोड नगरपालिकाको ७, ८ र ९ नम्बरको संयुक्त वडा कार्यालयमा बिहान ४ः३० बजे बम विष्फोट गराएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

प्रहरीका अनुसार बम विस्फोटबाट वडा कार्यालयको झ्याल, पर्खाल र फर्निचरमा क्षति भएको छ ।

विस्फोट कसले र किन गर्यो भन्ने बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा नेपाली सेनाको टोली समेत पुगेको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार