मनिषा कोइरालाको रिट्वीटको तरंगः नेपाली कलाकारहरूले के भने ?


८ जेठ, काठमाडौं । सरकारले भारतीय अतिक्रमणमा परेका कालापानी, लिपुलेक र लिम्पियाधुरासमेत समेटिएको नयाँ नक्सा अनुमोदन गरेपछि बलिउड नायिका मनिषा कोइरालाले पनि नेपाल सरकारको यो कदमको समर्थन गर्दै एउटा ट्वीट गरिन् ।

मनिषाले आफ्नो ट्वीटमा नेपाल सरकारलाई धन्यवाद दिनुका साथै भारत, नेपाल र चीनको कुरा उठाउँदै भनिन्, ‘सबै तीन महान देशबीच शान्तिपूर्ण र सम्मानजनक छलफलको आशा गर्दछु ।’

उनले जव रिट्वीट गरिन् भारतीय मिडियाले मनीषालाई तथानाम गाली नै गरे । त्यसको काउन्टरमा नेपाली मिडिया र राजनीतिक बृत्तले मनीषाको समर्थन गरे । वाहावाही गरे ।

मनिषाले भनेकि थिईन्, हाम्रो सानो मुलुकको स्वाभिमान राख्नुभएकोमा धन्यवाद। अब हामी सबै तीनवटै महान् देशहरूबीचको शान्तिपूर्ण र सम्मानजनका वार्ताको अपेक्षा गर्छौँ।

अन्य कलाकारले के भने ?

रेडियाे काठमाण्डुकाे कार्यक्रमा कुरा गर्दै वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठले भने भारतका प्रधानमन्त्री आध्यात्मिक व्यक्ती भएपनि यसरि अरूलाइ दुख दिने काम नगर्नु पर्थ्याे तर उनैकाे पालाेमा नाकाबन्दी पनि भएकाे बताए ।

चिच्याएर बाेल्दा सबैले पत्याउछ भन्ने भान भारतिय मिडियामा रहेकाे उनले बताए ।मनिषा काेइरालाले सत्यकाे पक्षमा बाेलिन उनले भने ।

यस्तै वरिष्ठ कलाकार हरिबंश आचार्यले “इन्डियाकाे मिडिया गाली गर्न, हेप्नलाइ अरू सिकाउनु पर्दैन, मनिषा काेइरालाकाे जुन साहास छ त्यसलाइ सबै नेपालीले सम्झिरहन्छ । उनले जन्मभुमिकाे ऋण तिरिन ।” उनले भने ।

यस्तै अभिनेत्री दिपा श्री निराैलाले याे समय भनेकाे सबै जुर्मुराउने समय भएकाे बताइन । “घरकाे एक इन्च साँध मिचिदा रिस उठ्छ भने अहिले त यहाँ देशै मिचिएकाे छ । याे बेलानि नबाेले कहिले बाेल्ने ? । मनिषा दिदिलाइ मेराे सलाम छ ।” उनले भनिन ।

यस्तै कलाकार जितु नेपाल भन्छन ” मनिषा दिदिले देश प्रेम देखाउनु भाे, सच्चा दायित्व निर्वाह गर्नु भाे, नेपाल भन्छन । नेपाललाइ जे भनेपनि मान्छ भन्ने साेच भारतियमा रहेकाे उनले बताए ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार