अमृत खातीको शब्दमा चर्चीत कलाकारको स्वर “हाम्रो माटो”


जेठ, काठमाडौं । सरकारले नेपालकाे नयाँ नक्शा सार्वजनिक गरेपछि नेपाली र भारतीय मिडिया गरम भएका छन ।

यसै समयमा राष्ट्रिय सङ्गीतकर्मी संघ नेपालका चर्चित कलाकारहरुले देशभक्ति गीत ल्याएका छन ।

हाम्रो माटो बोलको गीतमा अमृत खाती, बिक्रम जङ शाह, हास्य कलाकार राजा राजेन्द्र, चर्चीत गायिका सिर्जु अधिकारी र अनु अधिकारीले आवाज दिएका छ्न ।

गीतमा शब्द अमृत खातीको छ भने, लय अमृत खाती र राजा राजेन्द्रको रहेको छ । त्यस्तै, सङ्गीत संयोजन कमल सौरागले गरेको छ्न ।

गीतको म्युजिक भिडियोमा उमा श्रेष्ठ, अमृत खाती, बिक्रम जङ शाह, हास्य कलाकार राजा राजेन्द्र, चर्चीत गायिका सिर्जु अधिकारी र अनु अधिकारीको अभिनय रहेको छ ।

भिडियो सम्पादन तथा निर्देशन भने हुम गैरेले गरेको छ्न । गीतलाई सिर्जु अधिकारि युटुब च्यानल मार्फत सार्बजनिक गरिएको छ।

गीतमा सबै नेपालीहरुलाई एकजुट भएर आवाज उठाउन, देशका लागि लड्न र नक्सा नै लुटियो ओहोर दोहोर गर्नी बाटो नै बन्द हुनि भयो हाम्रो देश को माटो लूटियो भने जस्तो सन्देशलाई अभिप्रेरित गरिएको छ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार