मन्त्रिपरिषद बैठक बस्दै


९ जेठ, काठमाडौं । शुक्रबार बिहान १० बजे बस्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक बस्दै छ ।

मन्त्रिपरिषद् बैठकमा विदेशमा रहेका नेपाली ल्याउने विषयमा समितिले तयार पारेको कार्यविधिलगायतका विषयमा छलफल हुने बताइएको छ ।

यस्तै संविधानको अनुसूचीमा रहेको निशान छापभित्रको नेपालको नक्सा परिवर्तन गर्न सरकारले प्रतिनिधि सभामा संविधान संशोधनको प्रस्ताव लैजान लागेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार