संविधान संशोधन विधेयक संसदमा दर्ता


९ जेठ, काठमाडौं । मन्त्रिपरिषद् निर्णय लगत्तै संविधान संशोधन विधेयक संसदमा दर्ता भएको छ। 

नेपालको संविधान २०७२ को अनुसूची ३ मा रहेको निशान छाप संशोधनका लागि संविधान संशोधन विधेयक संघीय संसद्‍ सचिवालयमा दर्ता भएको हो ।

शुक्रबार बिहान बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्तावमा नेपालको संविधानलाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्ने निर्णय भएको थियो। 

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार