पाकिस्तानमा ९० यात्रु बाेकेकाे विमान दुर्घटनाग्रस्त


९ जेठ, काठमाडौं । पाकिस्तानमा ९० यात्रु बाेकेकाे विमान दुर्घटनाग्रस्त भएको छ ।

लाहोरबाट कराँची गएकाे विमान अवतरणका क्रममा दुर्घटना भएको पाकिस्तानी संचारमाध्यमले जनाएको छ ।

पाकिस्तानी अधिकारीका अनुसार जिन्ना अन्तराष्ट्रिय विमानास्थलको रनवे नजिक दुर्घटना भएको हो । विमानमा ९० जना रहेको समाचारमा उल्लेख छ ।

पाकिस्तानमा काेराेना भाइरसका कारण गरिएकाे लकडाउन खोलेपछि हवाई उडान सुरू भएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार