महामारीका कारण पेट्राेलियम क्षेत्र जाेखिममा- पेट्राेलिमम डिलर्स एशाेसिएशन


९ जेठ, काठमाडौं । विश्वभर फैलिरहेकाे काेराेना महामारीका कारण पेट्राेलियम क्षेत्र झनै जाेखिममा परेकाे नेपाल पेट्राेलिमम डिलर्स राष्टिय एशाेसिएशनले बताएकाे छ ।

शुक्रबार केन्द्रिय कार्यालय काठमाण्डाैंमा देशभरका पदाधिकारीहरूसंग भिडियाे कन्फ्रेन्सिङ मार्फत बसेकाे बैठकले हालकाे परिस्थिती तथा भविश्यमा हुन सक्ने जाेखिम तथा संकटका बारेमा छलफल गरेर उपाय खाेजी गर्ने सहमति गरेकाे एशाेसिएशनका अध्यक्ष लिलेन्द्र प्रसाद प्रधानले बताए ।

बैठकले महामारीबाट उत्पन्न परिस्थिती र यस पश्चात हुने संभावित परिणामका सम्बन्धमा हाल गरिरहेकाे व्यवसाय कार्यप्रणालीमा तत्कालैबाट परिवर्तन गर्नुपर्ने, कर्मचारीहरू आवश्यकता अनुसार कटाैती गर्दै जाने, अति कम कर्मचारीहरूबाट कार्य संचालन गर्नु पर्ने, अतिआवश्यक पदार्थकाे काराेबार गर्ने हुदा कारेबार सुचारू राख्न पम्पहरूमा पेट्राेलियम पदार्थकाे स्टक हुनु पर्ने तर पुँजीगत खर्च घटाउन अति न्युनतम परिणाम मात्र स्टक राख्नु पर्ने,यस्तै बैठकले नगदमा मात्र काराेबार गर्नु पर्ने, उधाराेहरू शिघ्र उठाइ काराेबार गर्नु पर्ने, उधाराे काराेबार बन्द गर्नु पर्ने
निर्णय गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार