
१० जेठ, काठमाडौं । थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ ।
जसमध्ये सबैभन्दा धेरै बाँकेको नरैनापुरका रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बाँकेमा २७, बैतडीमा ४, बर्दियामा १, झापामा १ र सुर्खेतमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ८४ पुगेको छ ।