सामाजिक दुरी कायम गरी ईद पर्व मनाउन मुस्लीम आयोगकाे अपील


१० जेठ, काठमाडौं । कोरोना भाइरस (कोभिड १९) विरुद्ध सामाजिक दुरी कायम गरी ईद पर्व मनाउन मुस्लीम आयोगले अपील गरेको छ ।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमति पत्रकार सम्मेलनमा मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले सामाजिक दुरी कायम गरी ईद पर्व मनाउन मुस्लीम समुदायलाई अपील गरेका हुन ।

अध्यक्ष अनसारीले कोरोना भाइरसका कारण ठूलो जोखिम रहेको वेला धर्म र आस्थालाई प्राथमिकतामा नराखी महामारीको सामना गर्न आग्रह गरे । उनले ईदका क्रममा आयोगको अपीललाई मानेर सबै मुस्लिम समुदायले घरमै नमाज पढ्नु अनुरोध गरे ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार