थप ७ जनामा काेराेना संक्रमण पुष्टि


१२ जेठ, काठमाण्डाैं । नेपालमा थप ७ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

याे संगै संक्रमितको संख्या ६ सय ८२ पुगेको छ ।

प्रवक्ता डा देवकोटाका अनुसार सेती प्रादेशिक अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा अछामका ३२ वर्षीया पुरुष रहेका छन् । उनी अछाम अस्पतालमा रहेका छन् । यस्तै भेरी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु वर्दियाका गुलरिया–१० का २२ र २४ वर्षीया पुरुष र गुलरिया –२ का १८ वर्षका पुरुष रहेका छन् ।

यस्तै नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा २ जनामा पोजेटिभ आएको छ । उनीहरु पर्साको जिराभवानी गाउँपालिकका–४ का वर्षीया पुरुष १८ वर्षीया पुरुष र काठमाडौं महानगरपालिका–१५ घर भएका बारा कलैयामा कार्यारत एकजना २८ वर्षीय पुरुष रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार