तीनै तहको सरकार महामारीविरुद्धको लडाईंमा केन्द्रित- मुख्यमन्त्री पौडेल


१२ जेठ, काठमाण्डाैं । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सङ्घ, प्रदेश र स्थानीय गरी तीनै तहको सरकार महामारीविरुद्धको लडाईंमा केन्द्रित भएको बताएका छन ।

आइतबार वाग्मती प्रदेशको प्रदेशसभाको बजेट अधिवेशन (छैटौँ अधिवेशन) लाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले यस्तो बताएका हुन ।

सुखी नेपाली, समृद्ध नेपाल’ निर्माणको बाटोमा देशलाई अघि बढाउन सम्पूर्ण नागरिकको बलियो साथको आवश्यकता रहेको उनको भनाई छ । मुख्यमन्त्री पौडेलले कोरोना महामारीको कारण स्वदेश तथा विदेशमा ज्यान गुमाउने सम्पूर्णमा श्रदाञ्जलि, शोकसन्तप्त परिवारजनमा समवेदना तथा उपचारका क्रममा रहनुभएकाको शीघ्र स्वास्थ्यलाभको कामनासमेत व्यक्त गरेका छन ।

सङ्घीय सरकारले समयमै घोषणा गरेको लकडाउन तथा तिनै तहका सरकारको सुझबुझपूर्ण एवं जिम्मेवारीसहितको पहलकदमीको कारण हालसम्म कोरोना महामारीले ठूलो मानवीय क्षति गर्न नसकेको उनले बताए ।

मुख्यमन्त्री पौडेलले सङ्क्रमण दर भने दिन प्रतिदिन बढ्दो रहेको बताउँदै बढ्दो सङ्क्रमण दरसँगै महामारीको सामना गर्न थप संवेदनशील बन्नुपर्ने आवश्यकता देखिएको बताए । मुख्यमन्त्री पौडेलले कोरोनाका कारण यस वर्षको नीति तथा कार्यक्रममा सरकारको प्राथमिकता परिवर्तन गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार