प्रश्नपत्र म्यासेन्जरबाट आउट गर्ने पक्राउ


२७ साउन, धनुषा । एमबिएस परीक्षाकाे प्रश्नपत्र म्यासेन्जरबाट आउट गर्ने र प्रश्नपत्र  फोटोकपी गर्ने पक्राउ परेका छन ।

जनकपुर उपमहानगरपालिका-४ बाट सोही ठाउँ बस्ने ३० वर्षीय लिलाराज शिवभक्ति लगायत ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

राम सागर राम स्वरुप बहुमुखी क्याम्पसमा एमबिएस प्रथम बर्षको तथ्याङ्कशाष्त्र बिषयको प्रश्नपत्र आउट गर्ने र प्रश्नपत्र फोटोकपी गर्ने पक्राउ परेकाे जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएकाे छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार