हङकङकाे अन्तर्राष्ट्रिय विमानस्थल प्रदर्शनकारीहरुकाे कब्जामा


२७ साउन, काठमाडौं । हङकङमा सरकार विरोधी प्रदर्शनकारीहरुले अन्तर्राष्ट्रिय विमानस्थल ‘कब्जा’ गरेका छन् ।

हङकङ अन्तराष्ट्रिय हवाई अड्डाको टर्मिनल सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले भरिएको छ ।

यससँगै सबै उडान रद्द भएको छ । १०० बढी विमान उड्न सकेको छैन ।

यो विमानस्थल विश्वको सबैभन्दा व्यस्त मानिन्छ ।

सरकारले ल्याएको सुपर्दुगी विधेयकलाई लिएर हङकङमा सरकारविरोधी प्रदर्शन सुरु भएको थियो ।

तर हङकङ सरकारकी प्रमुख क्यारी ल्यामले माफी माग्दै विधेयक फिर्ता लिएपछि पनि प्रदर्शन रोकिएको छैन । क्यारीले राजीनामा दिनुपर्ने प्रदर्शनकारीको माग छ ।

सम्बन्धित समाचार