
१५ जेठ, काठमाडौं । सरकारले आन्तरिक पर्यटन प्रवर्द्धन तथा पर्यटन उद्योगको रक्षा गर्न देश दर्शन कार्यक्रम सन्चालन गर्ने भएको छ ।
निजामती कर्मचारी, संगठित संस्थाका कर्मचारीलाई देश दर्शनका लागि पठाइने अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।
उनले एक प्रदेश एक पर्यटकीय गन्तव्य विकास गरिनेछ । सबै प्रदेशमा ठूला पर्यटकीय पूर्वाधार विकास गरिनेछ । यसका लागि १ अर्ब २६ करोड रुपैयाँ बिनियोजन गरिएको छ ।