अदितिको ग्ल्यामर लूक (फोटो फिचर)


काठमाण्डौं,  नायिका अदिथि बुढाथोकी पछिल्लो समय खासै चर्चामा छैनिन् । यी क्युट नायिका मिडियामा त्यति नछाए पनि सामाजिक सञ्जालमा भने खुबै सक्रिय रहन्छिन् ।

नेपालका लोकप्रिय अभिनेता अनमोल केसीसँग फिल्म ‘कृ’ मा देखिएकी अदितिले पछिल्लो समय अरु नेपाली फिल्ममा काम गरेकी छैनिन् । बरु उनी बलिउडमै आफ्नो करिअरको खोजी गरिरहेकी छिन् । मुम्बईमा बसोबास गर्दै आएकी अदिति कामका सिलसिलामा नेपालमा आइरहन्छिन् ।

बलिउडका केही म्युजिक भिडियोमा समेत उनलाई देख्न सकिन्छ । बलिउडमा जम्ने उनको चाहना छ । केही नेपाली फिल्मबाट अफर आए पनि उनले ती फिल्ममा काम नगर्ने मनशाय बनाएको स्रोत बताउँछ ।

नेपालमा पनि उनका फ्यान फलोइङको कमी छैन । बलिउडमा पनि उनका फ्यान छन् । सामाजिक सञ्जालमा अदितिले आफूलाई बोल्ड रुपमा प्रस्तुत गरेकी हुन्छिन् । अदितिका केही बोल्ड तस्वीर हामीले यहाँ शेयर गरेका छौँ । हेरौँ तस्वीर:

सम्बन्धित समाचार