कांग्रेस नेता प्रकाशमान सिंह आठ दिन पछि डिस्चार्ज


२७ साउन, काठमाडौं ।
आठ दिन अघि अस्वस्थ भएर अस्पताल भर्ना भएका नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह
आज डिस्चार्ज भएका छन ।

उच्च ज्वरो आएपछि ६३ वर्षीय सिंह मेडिसिटी अस्पतालमा भर्ना भएका थिए। स्वास्थ्य परीक्षणको क्रममा युरिन इन्फेक्सन र हाई सुगर भएको पत्ता लागेको थियो ।

आठ दिनको अस्पताल बसाइपछि स्वास्थ्यमा सुधार भए पछि उनि डिस्चार्ज भएका हुन ।

ज्वरो आएपछि चार दिनसम्म घरमै आराम गरे पनि निको नभएपछि सिंहलाई अस्पताल लगिएको थियो । उनलाई डा. मिमी गिरीको नेतृत्वको टिमले उपचार गरेका थिए । सिंहलाई अझै केही दिन घरमै पुर्ण आराम गर्न चिकित्सकले सल्लाह दिएका छन ।

काठमाडौं क्षेत्रनम्बर १ का सांसदसमेत रहेका सिंहले डिस्चार्ज भएपछि उपचारमाम संलग्न चिकित्सकहरु, अस्पताल ब्यवस्थापन, स्वदेश तथा विदेशमा रहेका आफन्त, साथीभाइ, शुभचिन्तक पाटिका नेता कार्यकर्ता, प्रेस संचारकर्मी सबै प्रति हार्दिक आभार सहित धन्यवाद दिएका छन ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार