
२८ साउन, काठमाडौं । नेपाली बजारमा सुनको मुल्यले पुन नयाँ रेकर्ड कायम गरेको छ ।
सोमबार प्रतितोला ७० हजार रुपैयाँमा कारोबार भएको सुन मंगलबार ७१ हजार रुपैयाँ कायम भएको छ । यो मुल्य हालसम्मकै उच्च रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै चाँदी पनि प्रतितोला १० रुपैयाँले बढेर ८ सय ३५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।
