म्यानमार र यूएईबाट नेपालीहरू स्वदेश फर्किदै


२३ जेठ, काठमाडौं । यूएई र म्यानमारमा समस्यामा परेकामध्ये केही नेपाली आज स्वदेश फर्किदै छन ।

म्यानमारबाट २६ जना र यूएईबाट पनि १६८ जना यात्रु तथा एक शवसहित जहाज आउने निश्चित भएको नेपाल नागरिक उड्डयनका प्राधिकरणले जानकारी दिएकाे छ ।

यूएईले आफ्नै खर्चमा एयर अरेबियामार्फत समस्यामा परेका नेपालीलाई पठाउन लागेको हो । कोरोना जाँचसहित यूएईले एअर अरेबियाका ८ वटा उडानमार्फत नेपाली श्रमिकलाई नेपाल ल्याइदिने तालिकासहित प्रस्ताव पठाएको थियो ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार