लकडाउनकाे ७४ औं दिन , पसलहरु खुल्न थाले


२३ जेठ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउन जारी छ ।

लकडाउन जारी भएपनि पछिल्लो समय उपत्यकामा सवारी चाप बढेको छ । गत चैत ११ गते देखि जारी गरिएको लकडाउनका कारण जनवीवन प्रभावित भएको छ ।

त्यसैले मानिसहरु लकडाउनको प्रवाह नगरी काममा निस्कदा उपत्यकाका मुख्य सडकहरुमा सवारी साधनको चाप बढ्दै गएको छ । त्यस्तै केहि नीजि कार्यालय पनि खुल्न थालेका छन् भने काठमाडौंमा पसलहरु खुलेका छन् ।

करिब ३ महिनादेखि जारी लकडाउनका कारण व्यवसाय धरासयी भएको भन्दै व्यवसायीहरु पसल खोल्न थालेका हुन् । काठमाडौंका मुख्य व्यापारीक केन्द्र लगाएत शहरका भित्रि क्षेत्रमा पसलहरु केहि समयका लागि खुल्ला गरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार