एन्फा अध्यक्षलाई निलम्बन गर्न सांसद प्रदीप यादवको माग


२३ जेठ, काठमाडौं । समाजवादी पार्टीका नेता प्रदीप यादवले एन्फाले खेलकुदमन्त्रीको क्षेत्रमा १७ करोड रुपैयाँ बजेट पठाएकाले मन्त्रीले संरक्षण गरेको आरोप लगाएका छन ।

प्रतिनिधिसभामा बोल्दै नेता यादवले एन्फाले खेलकुदमन्त्रीको क्षेत्रमा १७ करोड रुपैयाँ बजेट पठाएकाले मन्त्रीले संरक्षण गरेको आरोप लगाएका हुन ।

उनले एन्फा अध्यक्ष शेर्पालाई तुरुन्त कारवाही गर्न पनि माग गरे ।

‘एन्फालाई हामी इज्जतले हेर्छौं, फुटबललाई सबै नेपालीले प्यार गर्छन्, अनि यसरी मधेशीलाई हेप्ने? मधेसलाई होच्याउने, मधेशीका बारेमा गलत अभिव्यक्ति दिने?  पक्कै उहाँले मन्त्रीको तागतमा बोल्नु भएको होला’ यादवले भने ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार