सन्दीपले पाए अमेरिकाकाे भिसा


२८ साउन, काठमाडौं । काठमाडौंस्थित अमेरिकी दूतावासले नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई भिसा दिएको छ ।

मंगलबार विहान मात्र दूताबासले सन्दीपलाई भिसा दिन अस्वीकार गरेको थियो । यसले आफू आश्चर्यमा परेको भन्दै उनले प्रधानमन्त्री, परराष्ट्रमन्त्री लगायतलाई मेन्सन गर्दै ट्वीट गरेका थिए । यसले ठूलै खैलाबैला मच्चियो ।

लगत्तै दूताबासले सन्दीपलाई बोलाएर अन्तर्वार्ता लगायतको प्रक्रिया पूरा गरेर भिसा दिएको छ ।

तर दूताबासले भिसा दिन अस्वीकार गरेको थियो ।

सन्दीपले बार्बाडोस ट्रिडेन्टसबाट क्यारेबियन लिग खेल्नेछन् सेप्टेम्बर ४ तारिखबाट सुरु हुने लिगका लागि उनी अगष्ट अन्त्यसम्म वेष्ट इण्डिज पुगिसक्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार