प्रहरीलाई देख्न साथ बन्दुक छोडी फरार


२८ साउन, सिरहा ।  प्रहरीलाई देख्न साथ एक व्यक्तीले भरुवा बन्दुक छोडी फरार  भएका छन । 

सिरहाबाट खटिएको प्रहरी टोलीलाई  नामथर वतन नखुलेको पुरुष ब्यक्तीले देख्नसाथ लोड गरी बोकेको भरुवा बन्दुक छोडी फरार  भएका छन ।

प्रहरी चौकी मोक्सार सिरहाका अनुसार उनकाे खोज तलाश भइरहेको छ ।

 उक्त स्थानमा तालुक ईलाका प्रहरी कार्यालय गोलबजारबाट थप टोली खटी गई अनुसन्धान तथा फरार ब्यक्तिको खोज तलास कार्य भईरहेको प्रहरीले जानकारी दिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार