सीमा विवाद सुल्झाउन समिति गठन


२९ जेठ, काठमाडौं । सरकारले भारतसँगको विवाद सुल्झाउनका लागि प्रमाण संकलन गर्न नौ सदस्य विज्ञ समूह गठन गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले नीति अनुसन्धान प्रतिष्ठानका अध्यक्ष विष्णुराज उप्रेतीको संयोजकत्वमा विज्ञ समूह गठन गरेको सरकारका प्रवक्ता तथा अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले जानकारी दिए।

भारतले नेपालको लिम्पियाधुरा सम्मको भूमाग अतिक्रमण गरेर बसेको र कालापानीबाट उसको सेना फिर्ताका लागि प्रमाण जुटाउन विज्ञ समूह गठन गरेको हो।

प्रतिक्रिया दिनुहोस्


फ्रन्ट पेज