नयाँ बस्ती युवा क्लब जोरपाटीले तीज बिशेष कार्यक्रम गर्दै


२९ साउन, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं ५ स्थित नयाँ बस्ती युवा क्लबले यस वर्ष पनि तीज बिशेष कार्यक्रम गर्ने भएकाे छ ।

क्लबका अध्यक्ष सुभाष पुडासैनिका अनुसार विगतका वर्षहरूमा झैँ यस वर्ष पनि क्लवले आफ्नै प्राङ्गढमा भाद्र ७ गते तीज बिशेष कार्यक्रम कार्यक्रम आयाेजना गर्न लागेका हाे ।

नारीहरूकाे महानपर्व हरितालीका तीजकाे महत्वलाइ उजागर गर्न र महिला दिदीवहिनीहरू वीचकाे भाइचाराकाे सम्वन्धलाइ प्रगाढ बनाउन कार्यक्रम आयाेजना गरिन लागेकाे क्लवका सहसचिव रेनु कार्किले बताइन ।

काेषादक्ष राजेन्द्र खनाल अनुसार कार्यक्रममा पाँचसय भन्दा बढि महिलाकाे सहभागिता रहने छ । साे कार्यक्रममा राष्टि्य कलाकारकाे सांगीतिक प्रस्तुति रहने र तीजकाे दर खाने कार्यक्रम रहेकाे छ ।

गोकर्नेश्वर वडा नंबर ५ का वडा अध्यक्ष नारायण बहादुर सुबेदीको प्रमूख आतिथ्य र वडा नंबर ६ का वडा अध्यक्ष रमेश अर्यालको बिशेष आतिथ्यमा तीज बिशेष कार्यक्रम हुने छ ।

सम्बन्धित समाचार