रोटी-बेटीको सम्बन्ध कसैले तोड्न सक्दैन- भारतीय रक्षामन्त्री राजनाथ सिंह


१ असार, काठमाडौं । भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपाल-भारत सीमा विवादको समाधान वार्ताबाटै खोज्ने बताएका छन् ।

भारतीय जनता पार्टीका उत्तराखण्डका कार्यकर्तालाई ‘जन संवाद’ कार्यक्रमअन्तर्गत सम्बोधन गर्दै रक्षामन्त्री सिंहले भारत-नेपालको बीचमा रोटी-बेटीको सम्बन्ध रहेको र यसलाई कसैले तोड्न नसक्ने बताए ।

रक्षा मन्त्री सिंहले गत मेमा उक्त सडकको उद्घाटन गरेपछि नेपालमा तीव्र विरोध भएको थियो। नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरामा भारतले एक पक्षीय रूपमा सडक बनाएको भन्दै नेपाल सरकारले औपचारिक रूपमै विरोध जनाएको थियो।

सुगौली सन्धीअनुसार उक्त भूमि नेपालको भएको भन्दै सरकारले लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा जारी गरेको थियो। उक्त नक्साअनुसार निसान छाप परिवर्तन गर्न शनिबार संविधान संशोधन विधेयक पनि प्रतिनिधि सभाबाट पारित भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्


फ्रन्ट पेज