तीजमा मनोरोगीको वेदना गीतमा


२९ साउन, पोखरा । तीज पर्व नजिकिँदै गर्दा पोखराकी अम्बिका ढकालले मनोरोगीको वेदनालाई तीजे गीतमार्फत प्रस्तुत गरेका छन् ।

ढकालले सामाजिक विषयवस्तुसँग जोडेर उपेक्षामा परेका मनोरोगीको वेदनालाई गीतमार्फत प्रस्तुत गरेका हुन् ।

सामाजिक विषयवस्तुमाथि साहित्यिक कलम चलाउँदै आएकी ढकालले सामाजिक परिवर्तन र सचेतनाका लागि गीतसंगीतको भूमिका महत्वपूर्ण हुने बताए । मानसिक रुपमा अस्वस्थ भई खुला आकाशमुनि जीवन बिताउन बाध्य भएका महिलाको दयनीय अवस्थालाई म्युजिक भिडियोमार्फत उजागर गर्न खोजिएको छ । 

‘तीज पर्व खाने लाउने मात्र नभई गीत संगीतको पर्व पनि हो । तीजको महिमा विशेषगरी संगीतसँग जोडिएको छ,’ ढकालले भने, ‘परापूर्वकालमा दबाएर राखिएका आवाजहरू तीजमा गीतको माध्यमबाट दिदीबहिनीले पोख्थे र मन हलुका बनाउँथे ।’

सासूबुहारीका रोदनका कथाहरु हुन्थे । अब समय बदलिएको छ । अब सशक्तीकरण र महिला अधिकार, हिंसाविरुद्धका आवाजलाई बाहिर ल्याउनुपर्छ, सामाजिक न्याय र समानताका लागि आवाज उठाउनुपर्ने उनले बताए । 

म्युजिक भिडियोको सदाबहार नायिकाको उपाधि पाएकी करिश्मा मानन्धरले लोकार्पण गरेकी थिइन् । पोखरा आसापासका सडकमा छायांकन गरिएको म्युजिक भिडियोमा कलाकार प्रसुना भण्डारी, अमृता अधिकारी, अम्बिका ढकाल, सरीता पँगेनी, रेनु थापा, तेजेन्द्र पौडेल, कृष्ण भट्टराई लगायतले अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार