नेकपा सचिवालय बैठक फेरि स्थगित


२९ साउन, काठमाडौं । स्कूल विभागमा दुई अध्यक्षबीच कुराकानी नमिल्दा आज बस्ने भनिएको सत्तारूढ नेपाल कम्युनिषट पार्टी(नेकपा)को सचिवालय बैठक फेरि स्थगित भएको छ। 

दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा वरिष्ठ नेता माधवकुमार नेपालबीच बुधबार दिउँसो छलफल भए पनि कुरा नमिलेपछि बुधबारको बैठक बिहीबारसम्मका लागि सारिएको वालुवाटार निकट स्रोतले जनाएको  छ।

स्रोतका अनुसार छलफलका क्रममा स्कूल विभागमा पूर्व माओवादीहरु लचिलो भएपनि पूर्वएमालेकै बीचमा विवाद उत्पन्न भएको छ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार