नेपाली राष्ट्रिय फुटबल टिमले मलेसियाका ताजिमसँग प्रतिस्पर्धा गर्ने


२९ साउन, काठमाडौं ।  नेपाली राष्ट्रिय फुटबल टिमले मलेसियाको फुटबल लिग च्याम्पियन जोहर दारुल ताजिम एफसीसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।

फिफा विश्वकप २०२२ र एएफसी एसियन कप २०२३ को छनोट प्रतियोगिताको तयारीका लागि नेपालले जोहरसँग आगामी भदौ ९ गते प्रतिस्पर्धा गर्न लागेको हो । खेल मलेसियाको जोहार शहरको पसार गुन्डाङ रंगशालामा हुनेछ ।

नेपाल छनोट प्रतियोगिताको समूह ‘बी’ मा छ । नेपालले भदौ १९ कुवेत र भदौ २४ गते चाइनिज ताइपेईसँग उनीहरुकै घरेलु मैदानमा खेल्नेछ । यस्तै नेपालले अस्ट्रेलियासँग क्यानबेरामा असोज २३ र असोज २८ मा जोर्डनविरुद्ध खेल्नेछ ।

सम्बन्धित समाचार