डीबी तामाङको आज पनि तिम्रो याद सार्वजनिक ( भिडियो )


साउन, काठमाडौं । गायक डीबी तामाङ नेपाली संगीतमा नयाँ नाम पक्कै होइन ।

गायक तामाङले सन् २०१४ मा एउटा तारा नामक एल्बम सार्वजनिक गरिसकेका छन् । त्यस पश्चात सन् २०१५ उनले बुद्ध सन्देश भाग २ सार्वजनिक गरेका थिए । उनले गाएका उहिले हामी, निलो निलो , तिमी बिना बोलका गीतहरु स्राेतादर्शकले सुनिसकेका छन् ।

हाल अमेरिकामा भएका गायक तामाङले केहि दिन अघि मात्रै आज पनि तिम्रो याद बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

आज पनि तिम्रो याद बोलको सेन्टिमेन्टल भर्सन यस गीतमा स्वर डीबी तामाङको रहेको छ भने शब्द लक्की राशिको रहेको छ । गीतमा संगीत चर्चित संगीतकार बसन्त सापकोटाको रहेको छ । गीतको एरेञ्ज्मेण्ट साहस शाक्यले गरेका हुन ।

रमणीय ठाउमा छायांकन गरिएको यस गीतको भिडियोलाई  बाशु बरालले खिचेका हुन ।

बिष्णु खड्काले भिडियो सम्पादन गरेका हुन । कमल सिंह , चन्दा दहाल , आकाश ईडोको अभिनय रहेको भिडियोलाई बिक्रम दहालले निर्देशन गरेका हुन ।

सन् २०१९ मा आफ्नो नयाँ एल्बम सार्वजनिक गर्ने तयारीमा रहेका गायक तामाङको आफ्नै अफिसीएल युट्युब च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो ।


सम्बन्धित समाचार