काठमाडौं उपत्यकामा थप २ जनामा कोरोना संक्रमण पुष्टि


१० असार, काठमाडौं । काठमाडौं उपत्यकामा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उपत्यकामा थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि गरेका हुन्।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको प्रयोगशालामा काठमाडौंका एक पुरुष र पाटन अस्पताल ललितपुरको  प्रयोगशालमा गरिएको परीक्षणमा भक्तपुरकी एक महिलामा कोरोना संक्रमण देखिएको हो।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार